प्रमुख निर्वाचन आयुक्तमा थपलियाको नाम सिफारिश, आयुक्तको अझै टुंगो लागेन |
काठमाडौं । निर्वाचन आयोगको प्रमुख आयुक्तमा बहालवाला सचिव दिनेशकुमार थपलियालाई सिफारिश गरिएको छ । आज सोमवार बसेको संवैधानिक परिषदको बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव थपलियालाई सो पदमा नियुक्त गर्न सिफारिश गरेको हो ।
निवर्तमान प्रमुख आयुक्त अयोधीप्रसाद यादव र आयुक्त इला शर्माले हिजो आइतवार मात्र अवकाश पाएका छन् । रिक्त आयुक्त पदमा भने अझै कसैलाई पनि सिफारिश गरिएको छैन । त्यस्तै समावेशी आयोगको सदस्यमा विष्णुमाया ओझालाई नियुक्त गर्न परिषदले सिफारिश गरेको छ ।
बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा आफू उपस्थित हुन नसक्ने जानकारी लिखित रूपमा गराएरै अनुपस्थित रहेको परिषदले जानकारी दिएको छ ।



