एभरेष्ट बैंकका कार्ड होल्डरले हरेक भुक्तानीमा १० प्रतिशत नगद फिर्ता पाउने |
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि विशेष योजना ल्याएको छ । आफ्ना कार्ड होल्डरहरुले हरेक खरिदमा १० प्रतिशत नगद फिर्ता पाउने बैंकले जानकारी दिएको छ ।
रेष्टुरेन्ट, होटल, मल र सुपरमार्केटमा भिसा कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत रकम उनीहरुको खातामा फिर्ता हुने बैंकले विज्ञप्तिमा उल्लेख गरेको छ ।
एभरेष्ट बैंकको ग्राहकहरुको संख्या १० लाखभन्दा माथि छ । बैंकले हाल आफ्ना ९२ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र ११६ एटीएम तथा बृहत बाह्य सन्जाल मार्फत सेवाहरु प्रदान गर्दै आइरहेको छ ।



