ग्लोबल आईएमई बैंकले खोल्यो कैलालीको अत्तरियामा नयाँ शाखा, १० लाख ग्राहक पुगे |
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले कैलालीको अत्तरियामा शाखा खोलेको छ । नयाँ शाखाको उद्घाटन पूर्व मन्त्री तथा संघिय प्रतिनिधि सभा सदस्य लेखराज भट्टले गरेका छन् ।
शाखा उद्घाटन गर्दै भट्टले अत्तरिया लगायत देशका अन्य स्थानहरुमा ग्लोबल आईएमई बैंकले बिस्तार गरेको सेवा सञ्जालले समग्र आर्थिक वृद्धिमा उल्लेखनिय टेवा पुगेको बताए ।
कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायत स्थानीय जनप्रतिनिधि, उद्योग बाणिज्य संघका पदाधिकारी, बुद्घिजीवि तथा स्थानीयवासीहरुको उल्लेख्य उपस्थिती थियो ।
बैंकको १३४ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १४२ एटीएम, ९ वटा एक्सटेन्सन काउण्टर तथा १२१ शाखा रहित बैंकिङ सेवा र नेपालबाहिर ३ प्रतिनिधि र सम्पर्क कार्यालय छन् । बैंकका १० लाख ग्राहक छन् ।



