मिथिला लघुवित्तका कर्मचारीलाई तालिम |
धनुषा । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना फिल्ड सहायक स्तरका कर्मचारीहरुका लागि चैत्र ३ र ४ गते दुई दिने फिल्ड ब्यवस्थापन तालिम संचालन गरेको छ । आईतवार धनुषाको लालगढ स्थित लालगढ कुष्ठरोग अस्पतालको तालिम हलमा आयोजित तालिममा संस्थाका सञ्चालक हरिप्रसाद काफ्लेले उद्घाटन गरेका थिए ।
तालिम कार्यक्रममा श्रोत ब्यक्तिहरुले समुह प्रवेश पूर्व तालिम संचालन, केन्द्र बैठक ब्यवस्थापन तथा संचालन, कर्जा विश्लेषण लगाएत समसामयिक विभिन्न विषयहरुमाथि प्रशिक्षण दिएका थिए । तालिममा २३ शाखाका २३ जना सहायक कर्मचारीहरुको सहभागिता रहेको तालिम संयोजक रेशम प्रसाद वास्तोलाले जानकारी गराए ।

सो कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सत्यदेव राउतले फिल्ड स्तरका कर्मचारीहरु सक्षम भएमा मात्र संस्थाको उद्देश्य पुरा हुन सक्ने भएकोले सहायक स्तरका कर्मचारीलाई उनीहरुले दैनिक गर्नु पर्ने कामको बारेमा थप जानकारी होस र काममा उर्जा मिलोस भन्ने ध्ययका साथ यो तालिम आयोजना गरिएको र आगामी दिनमा बाँकी कर्मचारीहरुलाई समेत सहभागि गराईने बताए ।



