महालक्ष्मी विकास बैंकको चावहिलमा नयाँ शाखा |
काठमाडौं । महालक्ष्मी विकास बैंकले काठमाडौँको चाबहिलमा शाखा सञ्चालनमा ल्याएको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कडेलले शाखाको उद्घाटन गरेका छन् ।
कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्याय, सञ्चालकहरु राजेशकुमार रौनियार र रुपेन्द्र पौडेल उपस्थित थिए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले आगामी दिनहरुमा पनि देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा शाखा कार्यालय स्थापना गरी सहज, सुलभ र विश्वसनीय बैकिङ सेवाको पहुँच पुर्याउने कार्यलाई निरन्तरता दिने बताए ।
Visited 1 times, 1 visit(s) today


