प्रभु बैंकको नयाँ शाखा ताप्लेजुङको फुङलिङमा |
काठमाडौं । प्रभु बैंकले ताप्लेजुङमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले उक्त जिल्लाको फुङलिङ नगरपालिका– ४ मा आफ्नो नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । उक्त शाखाको सोही नगरपालिकाका नगर प्रमुख छत्रपति प्याकुरेलले हिजो आइतवार उद्घाटन गरेका हुन् ।
प्रभु बैंकले स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरूमा आफ्नो शाखा कार्यालयहरू सञ्चालनमा ल्याई स्थानीय जनतामा वित्तीय पहुँज पुर्याउन योगदान गरेकोमा नगर प्रमुख प्याकुरेलले बैंकको प्रशंसा गरे ।

उनले नगरवासीहरूलाई प्रभु बैंकको गुणस्तरीय एवम् अत्याधुनिक बैंकिङ सेवा उपभोग गर्ने अवसर मिलेको हुँदा उक्त अवसरको सही सदुपयोग गर्न आव्हानसमेत गरे ।
उक्त शाखा कार्यालयबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरू, कम्पनी तथा संघसंस्थाहरूले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनुका साथै समग्र फुङलिङ नगरपालिकाको आर्थिक विकासमा समेत टेवा पुग्ने बैंकको विश्वास छ ।

