कालिमाटीमा देवः विकास बैंकको शाखा |
काठमाडौं । देवः विकास बैंकले काठमाडौं महानगरपालिका– १३ स्थित कालिमाटीमा आफ्नो नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर हिजो आइतवार गरेका छन् ।
सो अवसरमा महानगर प्रमुख शाक्यले मेरो काठमाडौं मैले बनाउँछु भन्ने भावनासहित आर्थिक समृद्ध काठमाडौं निर्माणमा महानगरवासीसँग सहकार्य गर्ने र महानगरको आर्थिक एवम् सामाजिक विकासमा देवः विकास बैंकले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए ।
बैंक संचालक समितिका अध्यक्ष बज्र गुरुङले स्थानीय सरकारसँगको सहकार्यमा यस क्षेत्रका आर्थिक समृृद्धिका लागि लगानी र अवसर सृजना गरिने विश्वाससहित बैंकले आगामी दिनमा देशको पूर्वी क्षेत्रमा पनि शाखा विस्तार गरिने जानकारी दिए ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद श्रेष्ठले स्थानीय निक्षेपकर्ता, व्यवसायी, उद्यमीहरूलाई सरल, सुलभ तथा सुरक्षित बैंकिङ सेवा प्रदान गर्न तथा सेवाग्राहीहरूलाई सहज वित्तीय पहँुचका साथै निक्षेपकर्ता, स्थानीय व्यवसायी, उद्यमी, औद्योगिक तथा व्यावसायिक संघ संस्थासँग सुमधुर, प्रगाढ र व्यवसायिक सम्बन्ध बनाई आर्थिक गतिविधिको विकास र विस्तार गर्न सकारात्मक भूमिका निर्वाह गर्ने बताए ।



