बाल्ट्राका विभिन्न रेञ्जका हेयर ड्रायर, कर्लर, स्ट्रेटनर बजारमा |
काठमाडौं । बाल्ट्राले पर्सनल केयरका विभिन्न सामग्री नेपाली बजारमा भित्र्याएको छ । उक्त कम्पनीले विभिन्न रेञ्जका हेयर ड्रायर, कर्लर, स्ट्रेटनर तथा ट्रिमरहरू बजारमा ल्याएको हो ।
यसअघि पनि बाल्ट्राले विभिन्न रेञ्जका ठूला तथा साना होम एप्लाइन्सहरूका नवीन तथा उत्कृष्ट उत्पादनहरू नेपाली उपभोक्ताहरु माझ पस्किँदै आएको छ । कम्पनीले हालै आफ्ना ग्राहकहरूका लागि १ वर्ष वारेण्टी भएका पर्सनल केयरअन्तर्गत विभिन्न रेञ्जका हेयर ड्रायर, कर्लर, स्ट्रेटनर तथा ट्रिमरहरू बजारमा ल्याएको छ ।
कम्पनीका अनुसार हालै बजारमा ल्याइएका सामग्रीहरू नवीनतम र उच्चस्तरीय प्रविधिको प्रयोग गरी बनाइएको दाबी गरेको छ । बाल्ट्राका अनुसार विभिन्न मोडलका पर्सनल केयरका उत्पादनहरूमा स्टाइलिस सिलिकन ग्रिप रहेको छ । बाल्ट्राको हेयर ट्रिमरमा उच्च क्षमताको एनआईडीसी रि–चार्ज गर्न मिल्ने ब्याट्री रहेको छ ।
इलेक्ट्रोनिक तथा घरेलु सामानहरूमा विविध र नवीन उत्पादनहरू उत्पादन गर्दै आएको बाल्ट्रा होम एप्लाइन्सेसले विगत १० वर्षदेखि नेपाली उपभोक्ताहरूको मन जित्न सफल भएको छ ।



