आईईएलटीएस परिक्षाको शुल्क भुक्तानी अब इसेवाबाटै, विद्यार्थी लाई लाइन बस्नु नपर्ने |
काठमाडौं । अन्तरराष्ट्रिय शिक्षा क्षेत्रमा सेवा प्रदान गर्ने विश्व विख्यात संस्था आईडीपी एजुकेशनले नेपालमा संचालन गर्दै आएको आईईएलटीएस (IELTS) परिक्षाको शुल्कको भुक्तानि अबदेखि इसेवा मार्फत गर्न सकिने भएको छ ।
अनलाइन भुक्तानीसम्बन्धि सम्झौतापत्रमा आईडीपी आईइएलटीएसका नेपाल प्रमुख कविर खड्की र इसेवा फोन पे प्रालिका प्रमुख सञ्चालन अधिकृत रोशन लामिछानेबीच हस्ताक्षर भएको छ । कार्यक्रममा बोल्दै आईडीपी आईईएलटीएस का नेपाल प्रमुख कविर खड्गीले यस व्यवस्थाले आईईएलटीएस परिक्षार्थीहरुलाई शुल्क भुक्तान गर्न बैङ्कमा गएर लाईनमा उभिने झन्झ्टबाट छुट्कारा दिदै समग्र रजिष्ट्रेसन पक्रियामा सहजता ल्याउने बताए ।
बिस्वभरिका ६० वटा भन्दा धेरै देशहरुमा आईईएलटीएस परिक्षा सञ्चालन गर्दै आएको आईडीपीले नेपालमा काठमाडौं लगायत पोखरा, चितवन, बुटवल, बिराटनगर र बिर्तामोडमा परिक्षा संचालन गर्दछ । १९ हजार ५ सय रुपैयाँ परिक्षा शुल्क इसेवाको मोबाईल एप, वेवसाईट वा कुनैपनि नजिकैको इसेवा जोन पोइन्टमा गइ भुक्तानी गर्न सकिन्छ ।
इसेवा नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी हो । देशभर ४५ हजार भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेको इसेवाबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा करिब ७५ लाख बढिले सेवा लिइरहेका छन् । इसेवाको मोबाईल एप्स् डाउनलोड गर्नेको संख्या पनि करिब १० लाख माथि पुगिसकेको छ । इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।



