प्रिमियर इन्स्योरेन्सको संस्थापक शेयर सर्वसाधारणलाई, खरिदकर्ता संस्थापक शेयरधनी नै रहने |
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले १६ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणलाई विक्री गर्ने भएको छ । कम्पनीका केही शेयरधनीहरूले १६ हजार कित्ता संस्थापक शेयर विद्यमान संस्थापक शेयरधनीहरूलाई विक्री गर्न खोज्दा विक्री नभएपछि सर्वसाधारणका लागि विक्री खुला गरेको हो ।
कम्पनीले गत माघमा संस्थापक शेयरधनीहरूका लागि खरिद गर्न आह्वान गरेको भए पनि कुनै पनि आवेदन नपरेपछि बीमा समितिको अनुमतिमा सर्वसाधारणका लागि विक्री खुला गर्ने निर्णय गरेको थियो ।
विक्री गर्न लागिएको शेयर संस्थापक शेयरधनीहरू नै रहने गरी विक्री गर्न लागेको हो । संस्थापक शेयर खरिद गर्न चाहनेले आजको मितिदेखि सात दिनभित्रमा कम्पनीको प्रधान कार्यालय नक्साल आवेदन दिनसक्ने बताइएको छ ।

