स्वतन्त्र निर्माण कालिगढ संघद्वारा रिद्धि सिद्धि सिमेन्ट र जगदम्बा स्टीलको फ्याक्ट्री अवलोकन |
काठमाडौं । स्वतन्त्र निर्माण कालिगढ संघका सदस्यहरुले रिद्धि सिद्धि सिमेन्ट र जगदम्बा स्टीलको फ्याक्ट्री अवलोकन गरेका छन् । संघको आयोजना र रिद्धि सिद्धि सिमेन्ट, जगदम्बा स्टील र राईनो फलामे डण्डीको सहयोगमा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
उक्त अवलोकन भ्रमणमा भवन निर्माण गर्नका लागि उत्पादन हुने सिमेन्ट र डण्डी के कस्तो कच्चा पदार्थ प्रयोग र मिश्रण गरि उत्पादन गरिन्छ र कसरी यसको प्रयोग गर्दा भवन निर्माण बलियो र किफायती हुन्छ भन्ने जानकारी दिइएको थियो ।

कालिगढहरु लाई गुणस्तरिय निर्माणमा सचेत गराउने उद्देश्यले भक्तपुर स्वतन्त्र निर्माण कालिगढ संघका अध्यक्ष राम शरण वरुवाल र राईनो फलामे डण्डीका कार्यकारी निर्देशक आनन्द नेपालको संयुक्त नेतृत्वमा फ्याक्ट्री अवलोकन गराइएको थियो ।

भक्तपुर निर्माण कालिगढ संघका पदाधिकारीका साथै संस्थामा आवद्ध निर्माण व्यवसायीहरुले फल्गुण १६ देखि १८ गतेसम्म हेटौंडा र बाराको सिमरामा भएको उद्योगहरुको अध्ययन अवलोकन भ्रमण गरेका थिए ।



