विदेश भ्रमणमा जान जनप्रतिनिधिबीच विवाद चर्केपछि गरियो गोलाप्रथा |
बाँके । नेपालमा पहिलोचोटि विदेश भ्रमणका लागि स्थानीय जनप्रतिनिधिबीच गोलाप्रथा गरिएको छ । विदेश भ्रमणमा जानका लागि नेपालगञ्ज उपमहानगरपालिकामा आएको कोटामा को जाने भन्ने विषयमा चर्को विवाद र हानाथाप भएपछि गोलाप्रथाबाट छनोट गरिएको हो ।
नेपालगञ्ज–११ का वडाध्यक्ष उज्जवलसिंह राठौरका अनुसार स्वीट्जरल्याण्ड, थाइल्याण्ड र दुबई भ्रमणको कोटाका लागि विवाद चर्केपछि गोलाप्रथाद्वरा छनोट गरिएको हो ।
उनले भने, ‘विदेश भ्रमणमा को जाने भनेर चर्को विवाद भयो, उपप्रमुख उमा थापा मगरले आफू नै जान पाउनुपर्ने अडान राखिन्, तयसपछि गोलाप्रथा गरिएको हो ।’
गोलाप्रथा गर्दा पनि उपप्रमुख थापामगर नै छनोट भएको वडाध्यक्ष राठौरले जानकारी दिए । विदेश भ्रमणका लागि आएका १० वटा कोटामध्ये नेकपा, काङ्ग्रे्रेस र राप्रपालाई क्रमशः तीन÷तीन र एउटा फोरमको भागमा परेको छ । काङ्ग्रे्रेसबाहेकका दलले सहमतिकै आधारमा नामावली दिए पनि उपप्रमुखको ढिपीले काङ्ग्रे्रेसनिकट जनप्रतिनिधिबीच गोलाप्रथा भएको थियो ।



