आँखा अस्पतालले चलाएको शिविरलाई सेञ्चुरी बैंकको ५० हजार सहयोग |
काठमाडौं । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले सर्लाहीको भगवतीपूर र मंलगवामा आयोजना गरेको ८ दिने शिविरमा सेञ्चुरी कमर्सियल बैंकले सहयोग गरेको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० हजार रुपैयाँको आर्थिक सहयोग गरेको हो । डा. इन्दुप्रसाद ढुङ्गेगलको संयोजकमा शिविरमा करिब १८०० जनाको साधारण चेकअप र १६४ जनाको मोतिविन्दुको शल्यकृया भएको थियो ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई तथा अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमनबहादुर घलेबीच चेक हस्तान्तरण भएको थियो ।



