विदेशी मुद्रामा लिइने कर्जाको सीमा अब दोब्बर, ऋणपत्र जारी गर्नैपर्ने |
काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रामा लिइने कर्जाको सीमा ५० प्रतिशतबाट बढाएर प्राथमिक पूँजीको शतप्रतिशत पुर्याएको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत् नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई त्यस्तो निर्देशन दिएको हो ।
त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरूले दीर्घकालीन प्रकृतिको ऋणपत्रहरू जारी गर्नैपर्ने व्यवस्थासमेत गरेको छ भने कल निक्षेपको मात्रा कुल निक्षेपको १० प्रतिशतभन्दा हुन नपाउने गरी कडाइ गरेको छ ।



