कामना सेवा र प्रिमियर इन्सुरेन्सबीच बैंकासुरेन्स सम्झौता |
काठमाडौं । कामना सेवा विकास बैंक र प्रिमियर इन्सुरेन्स कम्पनीबीच बैंकासुरेन्स सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार अब कामना सेवाका ग्राहकले ६४ वटै शाखाहरुबाट प्रिमियरको निर्जीवन बीमा पोलिसी खरिद गर्न सक्नेछन् । सम्झौतापछि बैंकको व्यावसाय प्रवद्र्धनमा थप सहयोग पुग्ने बैंकले जानकारी दिएको छ ।
सम्झौतापत्रमा कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र प्रिमियर इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत सुधुम्न प्रसाद उपाध्यायले हस्ताक्षर गरेका छन् ।
कामनाले देशभर ६४ वटा शाखा तथा १७ वटा एटीएम मार्फत सेवा दिँदै आएको छ । बैंकले एसएमएस तथा मोबाइल बैंकिङ, सी–आस्वा लगायत सुविधाहरु पनि प्रदान गर्दै आएको जनाएको छ ।
Visited 1 times, 1 visit(s) today


