दुई विकास बैंकको बोनस शेयर नेप्सेमा सूचिकृत |
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा मुक्तिनाथ विकास बैंक र वेष्र्टन डेभलपमेन्ट बैंकको बोनस शेयर सूचिकृत भएको छ । हिजो बुधवार मात्रै यी दुई कम्पनीको कुल ५४ लाख ७७ हजार ५ सय २९ कित्ता बोनस नेप्सेमा सूचिकृत भएको हो ।
नेप्सेमा थपिएका शेयरमध्ये मुक्तिनाथ विकास बैंकको ४७ लाख २९ हजार ९६८ कित्ता बोनस शेयर र वेष्र्टन डेभलपमेन्ट बैंकको ७ लाख ४७ हजार ५६१ कित्ता बोनस शेयर रहेको नेप्सेले जानकारी गराएको छ ।ब
