भूकम्प प्रभावित क्षेत्रका लागि सानिमा बैंकद्वारा २५ लाख सहयोगको प्रतिबद्धता
काठमाडौं । भूकम्प प्रभावित क्षेत्रका लागि सानिमा बैंकले २५ लाख सहयोगको प्रतिबद्धता गरेको छ । खोज, उद्धार र राहतका लागि उक्त क्षेत्रमा सहायता पुग्ने गरी बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रु. २५ लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने निर्णय बैंकले गरेको हो।
मिति २०८० कार्तिक १७ गते राति जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पबाट ठूलो धनजनको क्षति भएको छ । सानिमा बैंकले भूकम्पका कारण मृत्यु हुने नागरिकहरु प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना तथा घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।
बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।
Visited 1 times, 1 visit(s) today


