हिउँले छोपियो चन्द्रागिरी, आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्यो |
काठमाडौं । काठमाडौंको दक्षिण–पश्चिम क्षेत्रमा अवस्थित चन्द्रागिरी डाँडामा हिउँ परेको छ ।
पश्चिमी वायुको प्रभावस्वरुप केही दिनदेखि भइरहेको देशव्यापी वर्षाले चिसो बढाएपछि चन्द्रागिरी, फूल्चोकीलगायत काठमाडौं वरिपरिका डाँडाकाँडामा हिउँ परेको हो ।
हिउँले चन्द्रागिरी डाँडाका बोटविरुवासँगै निर्माण गरिएका संरचनाहरु सेताम्मे भएका छन् ।
हिउँ परेसँगै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल चन्द्रागिरी डाँडोमा बढेको छ । विभिन्न उमेर समूहका व्यक्तिहरु हिउँको मजा लुटिरहेका छन् ।
यसअघि गत पुस २३ मा पनि चन्द्रागिरी, फूल्चोकीलगायतका डाँडाहरुमा हिउँ परेको थियो ।
चन्द्रागिरीका अतिरिक्त काठमाडौं वरिपरिका डाँडाकाँडाहरुमा पनि हिउँ परेको छ । पानी रोकिएर घाम लाग्न शुरु भएसँगै काठमाडौं उपत्यका वरिपरिको दृश्य लोभलाग्दो देखिएको छ ।
Visited 2 times, 1 visit(s) today


