जगदम्बाको भुकम्पीय जोखिम कम गर्ने जगशक्ति गोल्ड छड |
काठमाडौं । जगदम्बा इन्टरप्राइजेजले जगशक्ती गोल्ड एफई ५०० डी टीएमटी छड बजारमा ल्याएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा कम्पनीले आफ्नो नयाँ उत्पादन जगदम्वा समुहका अध्यक्ष शंकरलाल अग्रवाल, जगदम्वा इन्टरप्राइजेजका निर्देशकहरु अनिल रुङगटा, विशाल पटवारी तथा हास्यकलाकार धुर्मुस र सुन्तली सार्वजनिक गरेका छन् ।
जगदम्बा इन्टरप्राईजेजले आफ्नो नयाँ उत्पादन बजारमा रहेका छडमध्ये उत्कृष्ट रहेको दाबी गरेको छ । कम्पनीका निर्देशक पटवारीले नेपाल जस्तो भुकम्पको उच्च जोखिम रहेको देशमा यो छड उपयोगी हुने बताए । अन्य छडको तुलनामा मजबुद भएको उनको दाबी छ ।
कम्पनीका अनुसार जनशक्ती गोल्ड एफ ई ५०० डी टीएमटी छड परम्परागत प्रणालीबाट उत्पादित बार भन्दा उच्च गुणस्तरी रहेको छ । कम्पनीका परामर्शदाता एवम भारतको चर्चित कम्पनी टाटा स्टिलमा काम गरिसकेका बरिष्ठ प्राविधिक राजामनीले छड उच्च क्वालिटी रहेको दाबी गरेका छन् ।
उत्कृष्टता, लचिलोपना, खिया तथा भुकम्प प्रतिरोधात्मक, उत्कृष्ट वेल्डिङ क्षमता, मजबुद जडान क्षमता रहेको कम्पनीको दाबी छ । यो छडलाई मोटरेपुल, आकाशे पुल, बाध, भवन, रेलमार्ग, जलविद्युत आयोजना जस्ता निर्माणको सबै क्षेत्रमा प्रयोग गर्न सकिन्छ ।
कम्पनीले नयाँ उत्पादनको सदभावना दुतमा चर्चित हास्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई नियुक्त गरेको छ ।
धुर्मुस सुन्तली फाउण्डेसनले चितवनमा बनाउन लागेको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला निर्माण गोल्ड बारको प्रति मेट्रिक टन विक्रीबाट २० रुपैयाँ उपलब्ध गराउने निर्देशक रुङगटाले घोषणा गरेका छन्।् । उक्त सहयोग दुई बर्ष सम्म छडको विक्रिबाट उपलब्ध गराउने उनले जानकारी दिए ।
Visited 3 times, 1 visit(s) today


