टोखाबाट १२ जना जुवाडे पक्राउ, २ लाख नगद, तास र कौडा बरामद |
काठमाडौं । प्रहरीले काठमाडौंको एक होटलबाट जुवा खेलिरहेको अवस्थामा हिजो शुक्रवार राति १२ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले काठमाडौं जिल्ला टोखा नगरपालिका–९, मिलनटोलमा रहेको होटल हाइवेबाट जुवा खेलिरहेको अवस्थामा २ लाख २० हजार ७ सय ५ नगदसहित तिनीहरूलाई नियन्त्रणमा लिइएको वृत्तका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाईंले जानकारी दिएका छन् ।
पक्राउ पर्नेमा राजु गुरुङ, अभिषेक तामाङ, सन्तकुमार मोक्तान, ताराकुमार श्रेष्ठ, विजय लामा, रोहित कार्की, रामबहादुर गुरुङ, साजन विक, बुद्धराज थेवे, विमल मगर, सनम राई र शान्ति तामाङ रहेका छन् ।
उनीहरू सबैलाई तास र कौडा खेलिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले बताएको छ । पक्राउ परेकासँग तीन बुक तास र कौडासमेत बरामद गरिएको वृत्तले बताएको छ । पक्राउ परेका सबैलाई जुवा खेल्न तथा सट्टाबाजी गर्न नहुने कसुरसम्बन्धी अनुसन्धान गरेर मुद्दा चलाउने तयारी भएको वृत्तले बताएको छ ।
Visited 1 times, 1 visit(s) today


