वोमी माइक्रोफाइनान्सद्वारा वित्तीय साक्षरता तालिम कार्यक्रमको आयोजना |
काठमाडौ । वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाले २०७५ माघ ५ गते नेशनल बैंकिङ्ग इन्ष्टिच्यूटसँगको समन्वयमा चितवन जिल्लाको भरतपुर महानगरपालिका स्थित मोहन माध्यमिक विद्यालयमा एक दिने वित्तीय साक्षरता तालिम कार्यक्रम सम्पन्न गरेको छ ।
नेशनल बैंकिङ्ग इन्ष्टिच्यूटका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाले प्रशिक्षण दिनु भएको उक्त तालिममा ५६ जना सदस्य तथा स्थानिय बासिन्दाको सहभागिता रहेको थियो ।
वित्तीय साक्षरताको महत्व वारे संस्थाका नायव महाप्रबन्धक रबिन्द्र तिमल्सेनाले स्पष्ट पारेका थिए भने संस्थाको पहँुच एवं कार्यक्रम विस्तार सम्बन्धमा लेखा प्रमुख हरी प्रसाद सिग्देलले जानकारी दिएका थिए ।
साथै, कार्यक्रमको समापनमा श्रोत व्यक्ति संजिब सुब्बालाई वोमी माइक्रोफाइनान्सको तर्फबाट मायाको चिनो प्रदान गरिएकोे थियो ।
Visited 1 times, 1 visit(s) today


