सेञ्चुरी बैंकद्वारा क्यान्सर पिडितको उपचार सहयोग |
काठमाडौं । नेपाल क्यान्सर सर्पोट गु्रप र नेपाल क्यान्सर हस्पिटल एण्ड रिर्सच सेन्टर प्रालिद्वारा आयोजित क्यान्सर सम्बन्धि कार्यक्रममा सेञ्चुरी कमर्सियल बैंकले ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
सो कार्यक्रमले क्यान्सरबाट जितेका व्यक्तिहरुलाई प्रेरणा दिएको छ र हरेक किसिमको क्यान्सर रोगको उपचार स्वदेशमै गर्न सकिन्छ भन्ने जानकारी दिएको छ ।
उक्त कार्यक्रमका प्रमुख अतिथि मदन कृष्ण श्रेष्ठ र हरिवंश आर्चायलाई बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्काले नेपाल क्यान्सर सर्पोट गु्रपको नाममा चेक हस्तान्तरण गरेका थिए ।




