सगरमाथा इन्स्योरेन्स र चिरायु अस्पतालबीच स्वास्थ्य सेवा सम्वन्धि सम्झौता |
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी र चिरायु अस्पतालबीच अस्पतालले प्रदान गर्ने सुबिधाहरुमा छुट उपलब्ध गराउने संझौता भएको छ ।
उक्त संझौता अनुसार सगरमाथा इन्स्योरेन्स कम्पनीबाट उपलब्ध गराईएको भीआइपी कार्ड प्रयोगकर्ता र कम्पनीका कर्मचारीहरुले चिरायु अस्पतालमा उपचार गर्दा अस्पतालले प्रदान गर्ने बिभिन्न सेवा सुबिधामा छुट पाउने छन् ।
उक्त सम्झौतामा सगरमाथा ईन्स्योरेन्सका तर्फबाट प्रमूख कार्यकारी अधिकृत चंकी क्षेत्री र चिरायु अस्पतालका तर्फबाट प्रमूख कार्यकारी अधिकृत चण्डेश्वर नन्दराज बैद्यले स्वास्थ्य उपचार सेवा सम्वन्धि सम्झौतामा हस्ताक्षर गरेका थिए ।



