सानिमा लाईफले गर्यो ग्वार्को, गोङगबु र किर्तिपुरमा शाखा विस्तार |
काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सले उपत्यकामा ३ शाखा विस्तार गरेको छ । इन्स्योरेन्सले ललितपुरको ग्वार्को, बालाजुको गोङगबु र किर्तिपुरमा शाखा विस्तार गरेको हो ।
सानिमाले विस्तार गरेको ग्वार्को शाखाको इन्स्योरेन्सका संचालक घनश्याम थापाले उद्घाटन गरेका छन् ।
त्यस्तै गोङगबु शाखाको संचालक भरत बहादुर थापाले उद्घाटन गरेका छन् भने किर्तिपुर शाखाको भने किर्तिपुर ९ का अध्यक्ष गंगाराम महर्जन तथा संचालक थापाले संयुक्तरुपमा उद्घाटन गरेको कम्पनीले जानकारी दिएको छ ।



