सन नेपाल लाइफले गर्यो बीमा जागरण तथा अभिकर्ता सम्मान कार्यक्रम |
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा मंगलबार दार्चुलाको खलङ्गामा एक कार्यक्रमकाबीच बीमा जागरण अभियान तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
कम्पनीका महाप्रवन्धक कमल राज गौतमको सभापतित्वमा संचालन भएको कार्यक्रमको प्रमुख अतिथीहरुमा दार्चुलाका जिल्ला न्यायधीस गिरीराज गौतम, प्रमुख जिल्ला अधिकारी खुमाकान्त आचार्य, नेपाली सेनाका गुल्मपती दुर्गा रावल, सशस्त्र प्रहरीका निमित्त गुल्मपती ईश्वरी दत्त भट्ट लगायत स्थानीय समाजसेवी, पत्रकार, उपस्थिती रहेको थियो ।
खलङ्गाको खुलामञ्चमा करिव पच्चीस सय जनाको सहभागीता रहेका विशाल बीमा जागरण कार्यक्रममा दार्चुलाका जिल्ला न्यायधीस गिरीराज गौतमले शुभकामना मन्तब्य दिनुका साथै महाप्रबन्धक कमलराज गौतम, कम्पनीका ब्राण्ड एम्वेस्डर सिताराम कट्टेल “धुर्मुस” र कुञ्जना धिमिरे “सुन्तली” ले जीवन बीमाको महत्व तथा लाभका बारेमा प्रकाश पारेका थिए ।



