राष्ट्रिय वाणिज्य बैंकको ब्राण्ड एम्बासडरमा श्रृंखला खतिवडा |
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले मिस नेपाल २०१८ बिजेता श्रृङखला खतिवडालाई ब्राण्ड एम्बासडर घोषणा गरेको छ । बुधबार एक कार्यक्रमका बीच पत्रकार सम्मेलन गर्दै उक्त कुराको जानकारी गराएको हो ।
मिस नेपाल २०१८ श्रृंखला खतिवडा मिस वल्र्ड २०१८ प्रतियोगिताको फाइनलमा छानिएकी थिइन । श्रृंखलाले मल्टिमिडिया फाइनालिस्टमा केन्या र मेक्सिकोलाई हराउँदै मल्टिमिडिया अवार्ड हात पार्न सफल भएकी थिइन ।
मल्टिमिडिया अवार्डका लागि नेपालसहित केन्या, चीन, पोर्टो रिको र बेलायत उत्कृष्ट ५ मा परेका थिए। त्यससमध्येस फाइनालिस्टमा नेपाल, मेक्सिको र केन्याको नाम परेको थियो ।
राष्ट्रिय वाणिज्य बैंकले विगत ३५ वर्षदेखि निरन्तर मुलुकको आर्थिक क्षेत्रको विकासमा टेवा पुर्याउने उदेश्यले हालसम्म ७४ ओटै जिल्लामा आफ्नो उपस्थिती जनाइसकेको छ ।
उक्त बैंकको मुलुकभर ११० ओटा शाखा कार्यालय, १६५ वटा एटीएमा, १७ स्थानमा एक्सटेन्शन काउण्टर, ९३ स्थानमा शाखारहित बैंकिङ सेवा संचालनमा रहेका छन् ।




