सिटिजन्स बैंकको नयाँ अनलाइन सेवा, अबदेखि विदेशबाटै पनि खाता खोल्न मिल्ने |
काठमाडौं । अबदेखि सिटिजन्स बैंकको खाता घरमै बसेर खोल्न सकिने भएको छ । त्यसका लागि बैंकले सरल, सहज र सुरक्षित तरिकाबाट बैंक खाता खोल्न नयाँ अनलाइन सेवा सञ्चालनमा ल्याएको हो ।
अबदेखि देशभित्र तथा बाहिर रहेका समस्त नेपाली नागरिकहरूले उक्त प्रविधिको माध्यमबाट सिटिजन्स बैंकमा खाता खोल्न सक्ने बैंकले जानकारी दिएको छ ।
बैंकले देशैभरि फैलिएका आफ्ना ८० वटा शाखा, ७५ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ एकाइहरूबाट करिब ४ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
Visited 2 times, 1 visit(s) today


