सिप्रदीले आयोजना गर्यो टाटा गुरु भेला |

काठमाडौं । टाटा मोटर्स् र सिप्रदी अटोपार्टस् प्रालिले टाटा गुरु कार्यक्रम गरेको छ । पोखरामा आयोजित उक्त कार्यक्रममा देशभरका झण्डै १२० अटो मेकानिकहरुले भाग लिएको कम्पनीले जानकारी दिएको छ ।
कुनै पनि टाटा गाडी बिग्रिएको अधिकतम ४ घण्टाभित्रमा बनाइसक्ने आगामी योजना अनुसार टाटा गुरुहरुको भेला आयोजना गरिएको कम्पनीले जानकारी दिएको छ ।
कार्यक्रममा टाटागुरुलाई सक्षम वनाउन हर तरहको सहयोग गर्ने सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजन वावु श्रेष्ठले बताए । सिप्रदी अटो पार्टसका महाप्रवन्धक युवराज वुढाथोकीले आगामी दिनमा टाटा गुरुको क्षेत्रमा ल्याईने विबिध कार्यक्रमहरुका बारेमा जानकारी दिएका थिए ।
कार्यक्रममा अटो मेकानिक्स व्यवसायी महासंघका उपाध्यक्ष गोपाल भटराईले मेकानिकको हितमा ल्याईएको “टाटा गुरु कार्यक्रम उत्कृष्ट रहेको धारणा व्यक्त गरे । अटोमेकानिक्स महासघंका माहासचिव ठाकुर प्रसाद न्यौपानैले सिप्रदीले अटो मेकानिकहरुलाई दक्ष बनाउन तालिम दिएको भन्दै भूमिकाको सरहाना गरे ।
कार्यक्रममा विशेष ब्यक्तित्वलाई सम्मान समेत गरिएको थियो । विशेष सम्मान प्राप्त गर्नेहरुमा इटहरीका इस्राफील अन्सारी, बुटवलका अशोक देवकोटा र महाकालीका विनोद राई, वुटवलका राजकुमार गौतम, धनगढीका चतराज पाण्डे र हेटौंडाका गणेश वानिया छन् ।