मुक्तिनाथ विकास बैंकको रू. १ लाख सहयोग जीवन विज्ञान प्रतिष्ठानलाई |
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले हालै एक सामाजिक संस्थालाई आर्थिक सहयोग गरेको छ । बैंकले स्वतन्त्र सामाजिक आध्यात्मिक संस्था जीवन विज्ञान प्रतिष्ठानलाई नयाँ ध्यान कक्ष निर्माणका लागि रू. १ लाख सहयोग गरेको हो ।
बैंकले प्रदान गरेको सो रकमबराबरको चेक जीवन विज्ञान प्रतिष्ठानका विवेक गुरागाईले ग्रहण गरेका हुन् । बैंकले उक्त सहयोग आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत गरेको बताएको छ ।
जीवन विज्ञान प्रतिष्ठानले मनुष्यमा अन्तरर्निहित प्रतिभा, सृजना, सुख, शान्ति र समृद्धिको मूल मन्त्रलाई अपनाउँदै विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दैै आएको छ ।



