सलमान खान बने सर्वाधिक कमाउने बलिउड कलाकार |
फोब्र्स म्यागेजिनले सन् २०१८ मा सबैभन्दा धेरै कमाई गर्ने भारतीय सेलिव्रेटीको नाम सार्वजनिक गरेको छ । सर्वाधिक कमाई गर्ने १०० सेलिब्रिटीको नाम सार्वजनिक गर्दै फोब्र्सले उनीहरुको कमाई पनि सार्वजनिक गरेको हो ।
यो सूचीको सबैभन्दा पहिलो नम्बरमा बलिउड नायक सलमान खान छन् । सलमानले चलचित्र, रियालिटी शोको माध्यमबाट यो बर्ष २ सय ५३ करोड कमाई गरेका छन् ।
यस्तै, नायक अक्षय कुमार सर्वाधिक कमाई गर्ने बलिउडकर्मीको दोश्रो स्थानमा छन् । उनले १८५ करोड कमाई गरेको फोब्र्समा उल्लेख छ । अक्षयले पनि चलचित्र, विज्ञापनबाट बढी रकम कमाएका छन् ।
नायिका दिपिका पादुकोण टप १० मा परिन
यसैबर्ष नायक रणवीर सिंहसँग बिहे गरेकी दीपिकाले १२२ करोड कमाई गरेकी छिन । यो सूचीमा आमिर खान, अमिताभ बच्चन पनि छन् । नायक साहरुख खान भने सर्वाधिक कमाई गर्ने सूचीको टप १० मा परेका छैनन् ।
Visited 1 times, 1 visit(s) today


