ओयोले गुणस्तरीय होटलहरू सृजना गर्दै |
काठमाडौं । ओयोले स्तरिय काठहरुको सङ्ख्या बढाउदै लगेको छ । यसका कोठाहरुको प्रमुख विशेषताहरुमा टीवी, सफा तन्ना, निःशुल्क ब्रेकफास्ट, निःशुल्क वाई−फाई, सफा ट्वाइलेट, प्रत्येक रूममा टोईलेट्रीज किट, पहेंलो लाईटिङ्ग, गुणस्तरीय डसना, ताजा सुगन्ध आदि रहेका छन् ।
ज्ञानेश्वरको होटल प्रिन्स प्लाजालाई रिब्राण्डिङ गर्दै २३ मे २०१७ देखि ओयो रुम्स नेपाल प्रवेश गरेको थियो । अहिले ओयो रुम्स नेपालको संजालमा आबद्ध एक सय १० भन्दाबढि होटलको कूल एक हजार आठ सय भन्दाबढि कोठा छ । भारतमा मुख्यालय रहेको ओयो रुम्सले नेपालमा सन् २०१९ सम्ममा यो संख्यालाई झण्डै चार गुणा वृद्धि गरेर पाँच सय वटा होटल आफ्नो संजालमा जोड्ने घोषणा गरिसकेको छ ।
ओयोको विश्वव्यापी पदचिन्ह अहिले भारत, चीन, मलेशिया, नेपाल, यूके, संयुक्त अरब ईमाईरेट्स र इन्डोनेशियाका ५०० भन्दा बढी शहरहरूमा १२ हजारभन्दा बढि होटेलहरूका ३ लाख ३० हजार कोठाहरूमा फैलिएको छ । चीनमा ओयोले फ्रेन्चाइज् , म्यान्चाइज् र लीज्ड ढाँचा अन्तर्गत २६३ भन्दाबढि शहरका २६ सयभन्दा बढि होटलहरू मध्येका १ लाख ७३ हजार कोठाहरूमा अतिथिहरूलाई राख्दछ ।
ओयो होटेल दक्षिण एसियाको सबैभन्दा ठूलो, चीनका शीर्ष १० मध्ये एक तथा विश्वकै सबैभन्दा द्रुत गतिमा बढ्दोे होटल, घरहरू र बस्ने स्थानहरूको श्रृंखला हो । यो भारत, चीन, मलेशिया, नेपाल, यूके, संयुक्त अरब ईमाईरेट्स र हाल इन्डोनेशियामा पनि अवस्थित छ ।
ओयो एप −ओयो रुम बुक गर्नको लागि सबैभन्दा सजिलो तरिका हो । अतिथिहरूले केही सेकेन्ड भित्रै रूम छनोट गरि बुक गर्न सक्छन् । साथै खाना र रूम सर्भिसको अर्डर गर्नको लागि स्विफ्ट चेक−इनको अनुमति समेत दिइन्छ । एक पटक बुकिङ गरिसकेपछि एपले अतिथिलाई सजिलै होटलको ठेगानामा नेभिगेट गर्ने अनुमति दिन्छ । यसले प्रयोगकर्ताहरूलाई सजिलै बुकिङ्ग हेर्न, व्यवस्थापन वा रद्द गर्न पनि सक्छन् । एपमा उपलब्ध धेरै पेमेन्ट गेटवेहरुको साथै अतिथिहरूले होटलमै तिर्न सक्ने विकल्प पनि रहेको छ ।
Visited 2 times, 1 visit(s) today


