सर्लाही, हरिवनको नयाँ रोडमा सेञ्चुरी बैंकको नयाँ शाखा |
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा मिति भदौ २१ गतेदेखि सर्लाही जिल्लाको हरिवन नगरपालिका वडा नं. १० नयाँ रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
हरिवन नगरपालिकाको नगर प्रमुख रमेश बुढाथोकीले नयाँ रोड शाखाको उद्घाटन गरी सेवा शुभारम्भ गरेका छन् । समुद्घाटन कार्यक्रममा बैंकका मधेश प्रदेश प्रमुख सुबास शर्मा, शाखा प्रमुख आशुतोष वैध लगायत बैंकका कर्मचारी तथा स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।
२०७९ असार मसान्त सम्ममा बैंकले १ खर्ब १ अर्ब ४० करोड निक्षेप संकलन र ९१ अर्ब ४६ करोड कर्जा प्रदान गरी १ अर्ब ३५ करोड ७२ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।


