राष्ट्रिय बीमा कम्पनीको बीमाशुल्क र नाफा दुबै बढ्यो |
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ४७ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलानामा ३१.४१ प्रतिशतले बढी हो ।
अघिल्लो आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ३६ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस अवधिमा कम्पनीको खुद बीमाशुल्क पनि ५२.१५ प्रतिशतले बढेर ३४ करोड ५३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिमा कम्पनीले २२ करोड ६९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
यस्तै कम्पनीले पुनर्बीमा कमिशन वापत २६ करोड ४ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट १६ करोड ५४ लाख रुपैयाँ आम्दानी गरेको छ ।
चुक्ता पूँजी २६ करोड ६६ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३ अर्ब ३८ करोड ५२ लाख रुपैयाँ र बीमा कोषमा २ अर्ब ६६ करोड ५९ लाख रुपैयाँ सञ्चित छ ।
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १७७ रुपैयाँ ५८ पैसा, प्रतिशेयर नेटवर्थ १३६९ रुपैयाँ ६० पैसा र मूल्य आम्दानी अनुपात ७५.४६ गुणा रहेको छ ।


