गुडविल फाइनान्सको नाफा सामान्य बढ्यो |
काठमाडौं । गुडविल फाइनान्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार फाइनान्सको खुद नाफा सामान्य बढ्दा प्रतिशेयर आम्दानीमा समेत वृद्धि भएको छ ।
गत आर्थक वर्षको असार मसान्तसम्ममा फाइनान्सले १८ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २.९३ प्रतिशतले बढी हो ।
अघिल्लो आर्थिक वर्षको यसैअवधिमा फाइनान्सले १८ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी ३०.७२ प्रतिशत बढेर ३४ करोड ७१ लख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा फाइनान्सले २६ करोड ५५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
फाइनान्सले यस अवधिमा १० अर्ब ४० करोड २२ लाख रुपैयाँ निक्षेप संकलन गरीस् ८ अर्ब ६० करोड २९ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।
चुक्ता पूँजी ९४ करोड ६१ लाख रुपैयाँ रहेको फाइनान्सको जगेडा कोषमा १ अर्ब ५२ लाख रुपैयाँ रुपैयाँ रहेको छ ।
फाइनान्सको नाफा सामान्य बढेपछि प्रतिशेयर आम्दानी पनि ४ रुपैयाँ ३१ पैसाले बढेर १९ रुपैयाँ ९३ पैसा पुगेको छ । यस अवधिमा कम्पनीको प्रतिशेयर नेटवर्थ २०६ रुपैयाँ २६ पैसा र मूल्य आम्दानी अनुपात २५.०४ गुणा रहेको छ ।


