अपर तामाकोशीले भदौ ३ गते बोलायो एजीएम |
काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरले भदौ ३ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभामा कम्पनीको पुँजी वृद्धिका लागि प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पेश हुनेछ । यस्तै, सभामा अघिल्लो आर्थिक वर्ष २०७७–७८ मा दोलखा जिल्लाका सामाजिक संस्थाहरु लगायत अन्य संस्थालाई दिइएको सहयोग रकम अनुमोदन गर्ने एजेन्डा रहेको छ ।
यता, सञ्चालक समितिमा प्रतिनिधित्व गर्न संस्थापक सेयरधनी समूहबाट एक जना महिलासहित ४ जना सञ्चालनहरुको निर्वाचन गर्ने प्रस्तावपनि रहेको छ । साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि साउन १८ गते बुक क्लोज हुने भएकाले साउन १७ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।
यता, अपर तामाकोशीको असार ३० गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीमा १००% हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको थियो । बैठकले हकप्रद जारी गर्ने प्रस्ताव स्वीकृतीका लागि १४ औं वार्षिक साधारण सभामा पेश गर्ने निर्णयसमेत गरेको थिया । यद्दपि, अपरले साधारण सभाको सूचनामा १००% हकप्रद सेयर जारी गर्ने एजेन्डा भने उल्लेख गरेको छैन ।


