एनएमबि बैंकको नाफा ५.९१%ले बढ्यो |
काठमाडौं । एनएमबि बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २ अर्ब ६६ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ५.९१% ले धेरै हो ।
गत वर्ष यसले २ अर्ब ५१ करोड ६४ लाख रुपैयाँ नाफा कमाएको थियो । चैत मसान्तसम्म आइपुग्दा एनएमबिको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः २.७४% र ४.६४% ले बढेको छ । यसले गर्दा बैंकले थोरैले भएपनि नाफा बढाउन सफल भएको छ ।
यो त्रैमाससम्म आइपुग्दा यसको वितरणयोग्य नाफा भने ४१.६१% ले घटेर १ अर्ब ३२ करोड ८९ लाख रुपैयाँमा झरेको छ । बैंकको निक्षेप संकलन १२.४३% र कर्जा लगानी १७.४२% ले वृद्धि भएको छ । यसको प्रतिसेयर आम्दानी १ रुपैयाँ ०१ पैसाले बढेर १९ रुपैयाँ ३५ पैसा कायम भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ २१ पैसा छ ।


