ब्ल्याक प्लस डेक्करको ‘दसैँ तिहार लक्की स्क्र्याच’ योजना, १ लाखसम्मको हात खाली नजाने क्यास प्राइज |
काठमाडौं । इलेक्ट्रोनिक्स ब्रान्ड ब्ल्याक प्लस डेक्करले दसैँ र तिहारलाई लक्षित गर्दै ‘दसैँ तिहार लक्की स्क्र्याच’ नामक योजना सार्वजनिक गरेको छ ।
यस योजना अन्तर्गत ग्राहकले ब्ल्याक प्लस डेक्कर ब्रान्डका कुनै पनि सामानको खरिदमा एउटा स्क्रयाच कार्ड पाउनेछन् । जसबाट १ लाखसम्मको हात खाली नजाने क्यास प्राइज तत्काल प्राप्त गर्न सक्नेछन् । साथै लक्की ड्र अन्तर्गत मासिक उपहारहरु र बम्पर उपहार पनि जित्न सकिने कम्पनीले जनाएको छ ।
लक्की ड्र अन्तर्गत मासिक उपहारहरुमा २ जना बिजेताले ब्ल्याक प्लस डेक्करको ओएफआर ओएल हीटर र ओटीजी ओवन जित्न सक्नेछन् भने बम्पर उपहारमा १ जना भाग्यशाली ग्राहकले एलजीको ९ केजी फ्रन्ट लोड वासिङ मेसिन जित्न सक्नेछन् ।


