सिद्धार्थ बैंक र सुमेरु सिटी अस्पतालबीच सम्झौता, अब उपचार सेवामा १२ प्रतिशत छुट |
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र सुमेरु सिटी अस्पतालबीच उपचार सेवा तथा सुविधामा छुट दिनेसम्बन्धी सम्झौता भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख पेमेन्ट सोलुसन्स सुरेशराज महर्जन र अस्पतालको तर्फबाट कम्पनी सचिव विनोद आचार्यले आज हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौतासँगै अब सुमेरु सिटी अस्पतालमा स्वास्थ्योपचार गर्न आउने सो बैंकका कर्मचारी, ग्राहक तथा तिनका परिवारजनले १२ प्रतिशतसम्म छुट पाउने भएका छन् ।
उक्त सम्झौताअन्तर्गत बैंकका ग्राहकहरूले डेविट र क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्म र सिद्धार्थका बैंकका कर्मचारी तथा यूएनओ क्रेडिट कार्डवाहकहरूले १२ प्रतिशतसम्मको विशेष छुट पाउने बैंकले जानकारी दिएको छ ।
Visited 1 times, 1 visit(s) today


