विराटनगरको कञ्चनबारीमा सानिमा बैंकको शाखा विस्तार |
विराटनगर । सानिमा बैंक लिमिटेडले विराटनगरको कञ्चनबारीमा बैंकको शाखा कार्यालय विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन वरिष्ठ कलाकार द्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले संयुक्त रुपमा गरे ।
उद्घाटन समारोहमा मह जोडीले विराटनगरको कञ्चनबारीमा सानिमा बैंकको शाखा संचालनमा आएसँगै उक्त क्षेत्रका बासिन्दालाई सहज बैंकिङ्ग सेवा मिल्ने बताए । त्यसैगरी सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेज्यूद्वारा बंैकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।



