बीएन्डसीलाई प्रक्रिया पूरा गरेर सम्बन्धन दिने चिकित्सा शिक्षा आयोगको निर्णय |
काठमाडौँ । चिकित्सा शिक्षा आयोगको बैठकले झापास्थित बीएण्डसी मेडिकल कलेलजलाई प्रक्रिया पूरा गरेर सम्बन्धन दिने निर्णय गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा ऐन नियमअनुसारको प्रावधान पूरा नगरेको मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय भएको स्रोतले जनायो । बैठकमा प्रधानमन्त्री ओलीले विश्वविद्यालयले आफ्नो क्षमताअनुसार शिक्षण संस्थालाई सम्बन्धन दिनसक्ने भनाई राखेर बाहिरिएका थिए । उनी बाहिरिएपछि शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले प्रक्रिया पूरा गरेर सम्बन्धन दिने भनेर निर्णय लेख्न लगाएको स्रोतले बतायो ।
निजी मेडिकल एसोसिएसनका अध्यक्ष बसरुद्दिन अन्सारीले बीएण्डसीलाई प्रक्रिया पूरा गरेर सम्बन्धन दिने निर्णय भएको जानकारी दिए । ‘बीएण्डसीको बारेमा प्रक्रिया पुर्या्ई सम्बन्धन दिने कुरा भएको छ, सम्बन्धन पाउने भयो,’ उनले भने, ‘ऐन नियम कानुनले के भन्छ हेरेर आयोगले सिफारिस गर्नुपर्छ ।’ आयोगले सिफारिस गरेपछि काठमाडौं विश्वविद्यालयले सम्बन्धन दिने निर्णय लिने उनले बताए । ‘कागजात कानुनसम्मतː छैन भने बीएण्डसीले पूरा गर्नुपर्छ, बैठकले सम्बन्धन दिने नै निर्णय गरेको हो,’ उनले भने । नपुगेका प्रक्रिया पूर्या उन सबै पक्षले सहयोग गर्नुपर्ने पनि उनले औंल्याए ।
बैठकमा आयोगको बार्षिक बजेट तथा कार्यक्रम, मेडिकल कलेजको सिट निर्धारण, आयोगको संगठन संरचनाको विषयमा पनि छलफल र विभिन्न निर्णय भएको छ ।


