अक्सिजन सिलिन्डर उत्पादनको प्रारम्भिक परीक्षण सफल ː नास्ट |
काठमाडौं । नेपाल विज्ञान प्रविधि प्रतिष्ठान(नाष्ट)ले नेपालमा अक्सिजन सिलिन्डर उत्पादनका लागि गरेको अनुसन्धान अन्तर्गत प्रारम्भिक परीक्षण सफल भएको छ ।
अहिलेसम्मको काममा प्रारम्भिक परीक्षण सफल भएको र यसबाट प्राविधिक तथा वैज्ञानिक ज्ञान हाँसिल गरिएको नास्टका प्रवक्ता रविन्द्रप्रसाद ढकालले जानकारी दिए ।
’हामीले गरेको पहिलोचरणको परीक्षण सफल भएको छ । तर यत्तिकैमा औद्योगिक उत्पादनमा जानका लागि पर्याप्त हुँदैन । त्यसैले अझै केही चरण परीक्षण गर्छौं’ ढकालले भने ।
परीक्षण सफल भएपछि यसको औद्योगिक उत्पादनका लागि साझेदारहरुसँग छलफल हुने उनले जानकारी दिए ।
’हामी आफैले उत्पादन गर्ने होइन। हामीसँग प्राविधिक ज्ञान तथा यसको प्रक्रियाका बारेमा जानकारी हुन्छ । हामीले उत्पादनका लागि औद्योगिक साझेदारसँग छलफल गर्छौं’ उनले भने ।
नेपालमा अहिलेसम्म सिलिन्डरको उत्पादनमात्र होइन सिलिन्डरको गुणस्तर मापण गर्ने सुविधा पनि छैन । यी सबै कुरामा नास्टले ज्ञान तथा अभुनव हाँसिल गर्दै गएकाले अब नापतौल तथा गुणस्तर विभागसँग साझेदार गरिने ढकालले जानकारी दिए ।
सिलिन्डरको उत्पादनको प्रक्रियाँमा जाँदै गर्दा गुणस्तर मापणका बारेमा नापतौल विभागसँग पनि ज्ञान आदानप्रदान गरिने उनले बताए ।



