बैंकहरुले निषेधाज्ञाभरको समयमा कुनैपनि प्रकारको पेनाल्टी वा अतिरिक्त शुल्क लिन नपाउने |
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले निषेधाज्ञा अवधिभर ग्राहकबाट कर्जा असुलीमा कुनैपनि प्रकारको पेनाल्टी वा अतिरिक्त शुल्क लिन नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले मंगलबार मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै उक्त व्यवस्था लागू गर्ने जानकारी गराएको हो ।
यस्तै, केन्द्रीय बैंकले निषेधाज्ञाभर र सो अवधि समाप्त भएको एक महिनासम्म बैंक तथा वित्तीय संस्थाले कुनै पनि प्रकारको असुली सम्बन्धी सूचना वा लिलामी सम्बन्धि सूचना जारी गर्न नपाउने व्यवस्था पनि मिलाउने भएको छ ।




