निषेधाज्ञाको समयमा ब्याज छुट दिने बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले प्रोत्साहन गर्ने |
काठमाडौं । नेपाल राष्ट्र बैंकले निषेधाज्ञा अवधिमा कर्जाको किस्ता वा व्याज भुक्तानी गर्ने ग्राहकलाई छुट प्रदान गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई प्रोत्साहन गर्ने भएको छ ।
राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा गर्दै निषेधाज्ञा अवधिमा ब्याज तिर्ने ग्राहकलाई छुट दिन बैंक तथा वित्तीय संस्थाहरुलाई प्रोत्साहन गर्ने जनाएको हो ।
यस्तै, बैंक तथा वित्तीय संस्थाले निक्षेप र कर्जाको व्याजदर परिवर्तन सम्बन्धी जानकारी सम्बन्धित ग्राहकलाई विद्युतीय माध्यमबाट तत्काल उपलब्ध गराउनु पर्ने व्यवस्था पनि गरिएको राष्ट्र बैंकले जनाएको छ ।




