६० वटा निर्माण व्यवसायीको इजाजत पत्र खारेज गरियो |
काठमाडौं । सरकारले ६० वटा निर्माण व्यवसायीको इजाजतपत्र खारेज गरेको छ । इजाजतपत्र खोरेजीसँगै यस्ता कम्पनीले गरि रहेको काम के हुने भन्ने अन्यौल सृजना भएको छ । खारेजीमा परेको निर्माण व्यवसायीले आफ्नो दायित्व सो कम्पनीको मालिकले तिर्नुपर्ने गरी कम्पनी खारेज गरिदिएको छ । भौतिक पूर्वाधार तथा यातायता मन्त्रालयले खारेजीमा परेको व्यवासायीको सूची आइतबारको गोरखापत्र दैनिकमार्फत सार्वजनिक गरेको छ ।
निर्माण व्यवसाय ऐन २०५५ का दफा ५ को उपदफा ३ बमोजिम समयसीमाभित्र व्यवसाय नवीकरण नगराएको भन्दै यी व्यवासायीको इजाजत नै खारेज गरेको हो । यी व्यवसायीले लिएको ठेक्का वा गरिरहेको काममा पनि अन्योल हुने भएकाले अब यसले हात हालेका काम के हुने भन्ने अन्योल छ । यी ६० वटा व्यवसायीले कहाँ के काम गरिरहेका छन् भन्ने उल्लेख छैन । यी व्यवसायीक कम्पनीको कुनै दायित्व सिर्जना गरेको भए त्यसको जिम्मेवार सो कम्पनी मालिकलाई बनाएको छ ।



