मिलिजुली कालिञ्चोक सहकारीले करोडौं घोटाला गरेको हल्ला झुट भएको नेफ्स्कुनको स्पष्टीकरण |
काठमाडौं । मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले करोडौं घोटाला गरेको खबर बाहिरिएपछि सो खबर झुट भएको नेपाल बचत तथा केन्द्रिय सहकारी संघ (नेफ्स्कुन)ले स्पष्ट पारेको छ ।
सञ्चारमाध्यम र सामाजिक सञ्जालमा मिलिजुली सहकारीले करोडांै घोटाला गरेको भन्दै समाचार सार्वजनिक गर्न थालेपछि नेफ्स्कुनले घटनाको वास्तविकता बुझ्न स्थलगत अध्ययन गरेको थियो ।
स्थलगत अनुसन्धान गर्न मिलिजुलीको कार्यालय दोलखा नै पुगेको नेफ्स्कुनको अनुसन्धान टोली (बरिष्ठ अधिकृत बल्लभ तिमल्सिना र कार्यक्रम अधिकृत दीपक अर्याल)को अनुसन्धानबाट कुनै घोटाला नदेखिएको नेफ्स्कुनले भनेको छ ।
सञ्चार माध्यम र सामाजिक सञ्जालमा घोटालाको खबर आएको भन्दै सहकारी विभागले नेफ्स्कुनलाई सत्यतथ्य छानविन गर्न निर्देशन दिएको थियो ।
कात्तिक २५ गते संस्थाको सफ्टवेयरमा रहेको ऋणीको विवरणलाई आधार बनाएर र्यान्डम स्याप्लिङद्वारा १० जना ऋणीको फाइल जाँच गर्दा हल्ला गरिएको जस्तो कुनै आर्थिक चलखेल तथा लेनदेन नभएको अनुसन्धानबाट देखिएको नेफ्स्कुनले जनाएको छ ।
यस्तै संस्थाको सवारी साधन खरिद प्रक्रिया अन्र्तगतनै रहेको, भवन निर्माणमा कुनै अनियमितता नभएको, सञ्चयकोषको कोषहरु नियमानुसार बनेको, संस्था एकिकरण गर्दा कुनै कानुनी लेनदेन नभएको र एक्सेस ब्राण्डमा कुनै आर्थिक चलखेल नभएको नेप्mस्कुनले स्पष्ट पारेको छ ।
२०५० सालमा दोलखाको चरिकोटमा मिलिजुली कालिन्चोक बचत तथा ऋण सहकारी सँस्था स्थापना भएको हो । यसको हाल ३० हजार भन्दा बढी सदस्य छन् । मिलिजुलीको नेफुस्कुनमा ६१ नम्बर सदस्यता रहेको छ ।



