एनपीएलमा पहिलो पटक डीआरएस
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा डीआरएसको प्रयोग सुरु भएको छ। एनपीएल तेस्रो सिजनको उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीचको खेलमा डीआरएस प्रयोग गरिएको हो।
खेलको दोस्रो ओभरको अन्तिम बलमा शेर मल्लको बलिड्डमा साइफ जाइबविरुद्ध एलबीडब्लू अपिल गरिएको थियो। मल्लको आग्रहमा लुम्बिनीका कप्तान रोहित पौडेलले रिभ्यू लिएका हुन्।तर बलको इम्प्याक्ट बाहिर रह्यो।
लुम्बिनीले यस खेलमा रिभ्यू पनि गुमायो।




