अर्थमन्त्री पौडेल र नेपालका लागि फिनल्याण्डका राजदूत पेर्ट्टी एन्टिनेनबीच शिष्टाचार भेटघाट |
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि फिनल्याण्डका महामहिम राजदूत पेर्ट्टी एन्टिनेनबीच आज अर्थ मन्त्रालयमा शिष्टाचार भेटघाट भएको छ ।
उक्त भेटमा अर्थमन्त्रीले नेपाल र फिनल्याण्ड बीच सदैव सुखद र असल सम्बन्ध भएको उल्लेख गर्दै नेपालको विकासमा फिनल्याण्ड सरकारले गर्दै आएको सहयोगको लागि धन्यवाद दिए ।
उनीहरूबीच द्विपक्षीय सम्बन्ध, विकास सहायता परिचालन, पर्यटन प्रवर्द्धन, लगानी अभिबृद्धि तथा कोभिड(१९ महामारीको नियन्त्रण लगायतका विषयमा छलफल भएको छ ।
भेटमा राजदूत एन्टिनेनले सन् २०२१ देखि २०२४ सम्म फिनल्याण्डले नेपालको लागि गर्ने विकास सहायता रणनीतिका बारेमा जानकारी गराए ।


