प्रभु बैंकले कोरोना कोषमा १ करोड ३९ लाख सहयोग गर्यो |
काठमाडौं । प्रभु बैंकले कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचार कोषमा १ करोड ३९ लाख रुपैयाँ जम्मा गरेको छ ।
नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिको व्यवस्थाअनुसार गत आर्थिक वर्षमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत खर्च नभएको पैसा कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ । यही व्यवस्थाअनुसार प्रभु बैंकले रकम सरकारलाई हस्तान्तरण गरेको हो ।
प्रभु बैंकका अध्यक्ष देवीप्रकाश भट्टचन तथा प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले अर्थमन्त्री डा युवराज खतिवडालाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।


