बिहीबार थपिए कोरोनाका १ सय ४७ संक्रमित, सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ५८ |
काठमाडौं । बिहीबार १ सय ४७ जना कोरोनाका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् ।
यीसहित मुलुकभर कुल संक्रमितको संख्या १८ हजार २ सय ४१ पुगेको छ । यद्यपी विभिन्न अस्पतालमा हाल सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ५८ छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ८१ जनाको पिसिआर परीक्षण भएको छ । त्यस्तै २४ घण्टामा १ सय ५६ जना कोरोनाबाट मुक्त भएका छन् ।
यीसहित हालसम्म १२ हजार ८ सय ४० जना निको भइसकेका छन् । ४३ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
तीन जिल्लाहरु रौतहट, कैलाली र बाजुरामा ५ सयभन्दा बढी संक्रमित उपचाररत रहेको गौतमले जानकारी दिए ।
त्यस्तै ६ जिल्लाहरुमा कोरोनाका संक्रमित छैनन् । पाँचथर, भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङमा कोरोनाका संक्रमित देखिएका छैनन् । यसअघि ती जिल्लामा संक्रमित देखिए पनि अहिले निको भइसकेकाले ६ जिल्लामा अहिले कोरोनाका कुनै बिरामी नरहेको गौतमले बताए ।


