काठमाडौंमा मोदीको पुत्ला जलाइयो |
काठमाडौं । काठमाडौंमा आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाइको छ ।
जनता दरबार नामक संस्थाले नेपाली भूमि लिपुलेक क्षेत्रमा भारतीय पक्षले बाटो बनाएको बिरोधमा साँझ ६ बजेतिर कलंकी चोकमा मोदीको पुत्ला दहन गरेको हो ।
‘नेपाल र भारत दुबै देशले उक्त क्षेत्र विवादित हो भनेर स्वीकारेका छन् । तर भारतले अहिले एकपक्षीय रूपमा बाटो बनाएको छ,’ जनता दरबारका संयोजक एसपी शाहले भने,‘त्यसको विरोधमा हामीले पुत्ला दहन गरेका हौं ।’
उनले पुत्ला दहन गर्दागर्दै प्रहरी आएर हस्तक्षेप गरेको बताए ।
‘हामीले आगो सल्काउँदा सल्काउँदै पुलिस आएर हस्तक्षेप गरेपछि हामी त्यहाँबाट निस्कियौं,’ उनले भने ।



